२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

मृत्यलोकबाट समृद्ध काँग्रेसी मित्रहरूमा…

मृत्यलोकबाट समृद्ध काँग्रेसी मित्रहरूमा…
अ अ+ अ-

नेपाल राष्ट्रिय काँग्रेसको कुरा न गरौं । बि.स.२००७ पछि मातृका प्रसाद कोईरालाको सभापतित्व काललाई अपवाद मान्ने हो भने नेपाली काँग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ।

नेपाली काँग्रेसका चार चाणक्य कहलिएका बीपी कोईराला, सूवर्ण शम्सेर जबरा, गणेशमान सिंह र सूर्य प्रसाद उपाध्याय मध्ये सभापति पदका लागि कहिल्यै एकापसका बिरूद्ध दाबी र हानथाप रहेन। कयौं बिषयमा यी चारका बीच गंम्भीर मतभिन्नताहरू रहेको थियो। तर, सभापतित्व बिवाद रहित रहेको थियो।

नेका सभापतिको रूपमा बीपी कोईराला २०१७ पौष १ गते पछि जेल पर्नु भएपछि प्रवासमा रहनु भएका सूवर्ण शम्सेर अनेको शक्ति केन्द्रहरूको उक्साहटका बावजूद सभापति पदको दाबी गर्नु भएन । उहाँ झण्डै दुई बर्षसम्म बीपी, गणेशमान जीहरूको रिहाईको प्रयास गर्नु भयो। रिहाईको आशा नदेखिएपछि २०१८ सालमा भारतको पटनामा बोलाईएको सम्मेलन पछि राजा महेन्द्रको तानाशाहीको बिरूद्ध शसस्त्र प्रतिरोध संचालन गर्नका लागि सूवर्ण जीलाई कार्यवाहक सभापति बनाईएको थियो। यस बाहेक कुनै बिकल्प नरहेको अवस्था थियो त्यो।

लामो समय पश्चात, बीपी कोईराला अमेरिकामा उपचार गराएर सन् १९७७ नोभेम्बरमा स्वदेश फर्किने क्रममा कलकत्तामा सूवर्ण जीलाई भेटन जानु भएको थियो। अतिशय रूग्ण सूवर्ण शम्सेर बीपीको हात समाएर “तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु” भन्दै सभापतित्व हस्तान्तरण गर्नु भयो। कलकत्ताबाट फर्किएर बीपी पटनाको “आर ब्लक” स्थित एमएलए क्लबमा आयोजित सभामा यो जानकारी गराउनु हुदाँ म स्वयं पनि साक्षी रहेको हुँ। शायद यसको भोली वा पर्सी कै दिन सूवर्ण शम्सेर जीको देहावसान भएको थियो। वा, एकाध सप्ताह भित्र। नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो।

पटनाको तेस सभामा किसुन जी पनि हुनुहुन्थो। यसको साता नबित्दै बीपी पटनाबाट नेपाल फर्किनु भयो। राजा बीरेन्द्रसंग उहाँले तेस्तै बचनवद्धता गर्नु भएको थियो। नेपाल फर्किनु अघि पटनाको सोही “एमएलए क्लब” को सभामा आफु नेपाल फर्किएपछि अवश्य पनि पक्राउ परिने भन्नु हुदै “आफु जेल परेपछि साथीहरू हाम्रा प्रिय साथी किसुन जी(कृष्ण प्रसाद भट्टराई)बाट निर्देशन पाई रहनु हुनेछ भन्नु भयो। यति मात्र भन्नु भयो।

पटनाबाट काठमाण्डौं फर्किन लाग्दा शानेवानीको बिमानमा उहाँले “योजनावद्ध” रूपमा सहयात्री बनाउनु भएको एक सहयोगी, जस्को नेपाल फर्के पछि गिरफ्तार हुने संभावना थिएन; उहाँलाई काठमांडूमा सार्वजनिक गर्ने गरी एक खामबन्दी पत्र दिनु भयो। यो पत्र सार्वजनिक गरिएपछि सबैले थाहा पाए बीपीले किसुन जीलाई नेपाली काँग्रेसको कार्यवाहक सभापति र परशु नारायण चौधरी एवं गिरिजा प्रसाद कोईरालालाई महामन्त्री तोक्नु भएको हो।

यहाँ मैले यदि यो सत्य उल्लेख गरिन भने इतिहास प्रतिको बेईमानी हुनेछ कि बीपीले यो निर्णय शायद शाब्दीक रूपमा नै सत्य “महान उदारमना निस्पृह मानव गणेशमान जी” को सहमतिबाट गर्नु भएको थियो। यो नेपाली काँग्रेसमा साभापतित्व हस्तान्तरणको अर्को अतुलनीय उदाहरण थियो।

बिश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आई पुग्यो, जहाँ बिराटरूपधारी गणेशमान जीको सदिच्छाबाट र गिरिजा बाबुको प्रसन्नताबाट किसुन जी पार्टीको सभापति हुनु भयो। यो पच्छिल्लो अनुपम उदाहरण थियो, जहाँ आजका धेरै “भगवानहरू” भावातीत भएर मात्र ताली पट्काई रहेको थिए। भावातीत भएर!

हो, यो सत्य हो। किसुन जी पछि गिरिजा बाबु सभापति हुने बेलामा नेपाली काँग्रेसको “अतुलनीय सहमतिको उदाहरण” को इतिहासमा प्रतिस्पर्धाले प्रवेश पायो। तरपनि त्यो शिष्ट थियो। शिष्ट यस कारणले कि किसुन जीले मन नपराए पनि आफुलाई गिरिजा बाबुको बिरूद्ध उम्मेदवार बनाउनु भएन। उहाँले चिरंजीवि बाग्लेलाई नेकाको सभापतिमा समर्थन गर्नु भयो। यो पनि संसारमा बिरलै पाईने उदाहरण थियो। “मानिस मन त परेको छैन, तर मानिस गैर नेपाली काँग्रेस होईन।” निलकण्ठ हुनुहुन्थ्यो किसुन जी, सत्यमा “निलकण्ठ”! अद्वीतीय,एकल र अद्वैत !

गिरिजाबाबु पछि नेकामा नेतृत्व हस्तान्तरण प्रकृयाको कुरा न गरौं। शायद मलाई थाहा नभएर पनि होला। किन कि तेस समयमा मेरो मृत्यू भै सकेको थियो। म तेस सुन्दर लोकमा रहिन।

तर, आज नर्कबाट काँग्रेसको तेस स्वर्ग तिर हेर्दछु। अचम्भ लाग्दछ! सोद्धछु..प्रभू के भैरहेको छ मेरो पुरानो काँग्रेसमा ?

बडो आराधना पछि म जवाफ पाउँछु। मलाई कसैले यौटा शास्वत कुरो भन्छ। त्यो हो…”ठूला र सिद्ध योगीहरूको मृ्त्यू भएपछि योगीलाई पंचतत्वमा बिलीन गराईए पछि योगीको कुटीलाई आगो लगाई भष्म गरिन्छ।” यो कथन म सप्तरीको मेरो वनकुटीमा सुन्दछु। अनि तन्द्रामा सोद्धछु किन नि? कुटी किन जलाउने नि? जवाफ आउँछ..”हेर तेस कुटीमा मृत्यूपर्यन्त पनि सिद्ध योगीको आत्माको बास रहेको हुन्छ। तसर्थ, नयाँ योगीले कुटी डढाउने गर्छन् पूर्ववर्ती प्रतापी योगीको प्रभावबाट मुक्त हुन्। स्वच्छन्द हुनका लागि।”

– लेखक जयप्रकाश आनन्द नेपाली काग्रेसका नेता एबं पुर्वमन्त्री हुनुहुन्छ I