७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल

त्रिवि मानविकी सङ्कायमा चरम लापरवाही, राजनीतिशास्त्र एमएको प्रश्नपत्र पनि हुबहु

त्रिवि मानविकी सङ्कायमा चरम लापरवाही, राजनीतिशास्त्र एमएको प्रश्नपत्र पनि हुबहु
अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को चरम लापरवाही गर्दै आएको छ । स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा राजनीतिशास्त्र विषय पनि अलग हुन सकेन ।

जेठ २३ गते सञ्चालित स्नातकोत्तर तहतर्फ पहिलो सेमेष्टरको राजनीतिशास्त्र विषयतर्फ अन्तर्राष्ट्रिय राजनीति (इन्टरनेशनल पोलिटिक्स–५५३) विषयको अन्तिम परीक्षमा अघिल्लो वर्षको प्रश्नपत्र आएपछि विद्यार्थीहरु अलमलमा परेका छन् । सामान्यतया अक्लझुक्कल एकाध प्रश्न दोहोरिन गएपनि पूरै सेट नै एउटै हुनुले नियतवश र नियोजित रुपमा श्रृङ्लावद्ध प्रश्नपत्रहरु दोहोरिएकोप्रति गम्भीर हुनु जरुरी छ ।

अहिले सन् २०२१ को परीक्षा सञ्चालन भैरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरु सबै मेल खाएको घटना सामान्य होइन । यसले प्रश्नपत्रको गोपनीयतामाथि नै प्रश्न उठेको छ । सम्बन्धित विषय समितिको अध्यक्ष समेत रहनुभएका राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख रामकृष्ण तिवारी समेत प्रश्नपत्र दोहोरिएकोप्रति जिम्मेवार रहेको डीन कार्यालयका कर्मचारी बताउँछन् ।

मानविकी संकाय डीन प्रा.डा. कुसुम शाक्य, परीक्षा बोर्ड हेर्ने सहायक डीन प्रा.डा. तारा भुषाल, प्रशासन तथा परीक्षा गोप्य शाखामा संलग्न कर्मचारीहरुलाई तत्काल निलम्वन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र अनुसन्धान अघि बढाउनुपर्ने देखिएको छ । मानविकी डीन कार्यालयमा अत्यन्तै न्यून संख्यामा कर्मचारीहरु रहेकोले समयमै परीक्षा र नतिजा सम्बन्धी कार्यहरु हुन सकिरहेको छैन । सिमित कर्मचारीको भरमा परीक्षा सम्बन्धी कार्यहरु गर्नुको भित्री रहस्य अनियमित कार्यमा लिप्त रहनुले पनि हो कि भन्ने आशंका पैदा गरेको छ ।

अन्तर्राष्ट्रिय राजनीति–५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीनवटै प्रश्नपत्र हुबहु मिलेको छ । दोस्रो खण्डको ५/५ नम्बरको १० वटा प्रश्नहरु क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ । २०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नं.को प्रश्न ४ मा, १२ नं.को ६ मा, १२ नं.को ७ मा, ७ नं.को ८ मा, ८ नं.को ९ मा, ९ नं.को १० मा, १० नं.को ११ मा र ४ नं.को १२ नं.मा सोधिएको छ । ५ र १३ क्रमसंख्या भने उही रहेको छ ।
सन् २०२० र २०२१ को प्रश्नपत्र जस्ताको तस्तैः