६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र  बढुवासम्बन्धी  रोकिएका  कामलाई  धमाधम  अगाडि  बढाउन थालेको छ । 

आयोगले  सरकारी  सेवालाई  थप  प्रभावकारी  बनाउन  नयाँ  पदको  सिर्जना  गरी  पदपूर्ति  गर्न  र  कर्मचारीको  वृत्तिविकास  गर्न  हरेक  वर्ष  खुला  तथा  आन्तरिक  प्रतिस्पर्धाबाट  पदपूर्ति  तथा  बढुवाका  प्रक्रिया  गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको  महामारीले  गर्दा  प्रकाशित भइसकेका पदका लागि  परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् ।

त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन ।कोभिडको  प्रभाव  कम  भएसँगै  विगतमा  स्थगित  भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र बढुवाको अन्तिम प्रतिफल पनि प्रकाशित हुने क्रम पनि जारी रहेको छ । आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार आर्थिक वर्ष  २०७६/७७ र २०७७/७८ गरी दुई वर्ष रोकिएका सबै पदका परीक्षा  सञ्चालन  भइसकेका छन् ।

ती दुई वर्षका सहसचिव तथा उपसचिव  तहका  कार्यक्षमता  र  जेष्ठताको  बढुवाको  परीक्षाफल प्रकाशित भई पदस्थापन पनि भइसकेको छ भने खुला तथा आन्तरिक प्रतिस्पर्धाका पदमा लिखित परीक्षा सञ्चालन भई परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ ।

प्रवक्ता सुवेदीले भने, “सहसचिव र उपसचिव पदको परीक्षाफल प्रकाशित गर्ने अन्तिम चरणमा पुगेको छ तर शाखा अधिकृतदेखि तल्ला पदका विषयमा अदालतमा मुद्दा परिरहेकोले त्यसको टुङ्गो लागेपछि मात्र बाँकी काम अगाडि बढाइने भएका छन् ।” 

कोभिडले  प्रभावित  पारेपछि  विगत  दुई  वर्षको  अवधिमा  गर्न  नसकिएका  नयाँ  पदपूर्ति  तथा  बढुवा  प्रक्रियाको  करिब  चार  हजार  कर्मचारीको  छनोट गर्ने काम आयोगले पछिल्ला दिनमा सम्पन्न गरिसकेको छ ।  प्रवक्ता सुवेदीका अनुसार कोभिडको प्रभाव कम हुने बित्तिकै आयोगको कार्यालयमा स्वास्थ्यका मापदण्ड पूरा गरेर भए पनि परीक्षा सञ्चालन गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।