• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

काठमाडौँको फोहर तत्काल उठाउन सांसद श्रेष्ठको माग



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लामो समयदेखि काठमाडौँमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँको कुनै सडक, गल्लीको फोहर उठेको छैन । जताततै फोहरको डङ्गुर बनिसक्यो, त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ ।”

सांसद श्रेष्ठले सिसडोल र बञ्चरे डाँडाका जनप्रतिनिधिबीच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग गर्नुभयो । उहाँले फोहर नउठे अब काठमाडौँका जनता चुप लागेर नबस्ने भन्दै फोहर व्यवस्थाापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । सांसद श्रेष्ठले काठमाडौँको फोहर नउठेको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै तत्काल फोहर उठ्छ कि उठ्दैन सभामुखमार्फत रुलिङ गर्न माग गर्नुभयो ।

यस्तै सांसद यज्ञबहादुर बोगटीले अछामका विनोद शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै विद्यार्थी मारिँदा पनि राजनीतिकरण भएको आरोप लगाउनुभयो । अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभयो ।