२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी गौँथलीको ठूलो बथान भेटियो



अ+ अ-

काठमाडौं । कैलालीको मोहना नदीमा पानी गौँथली चराको ठूलो बथान फेला परेको  छ । कैलारी गाउँपालिका–४ स्थित भितरियामा यस चराको ठूलो बगाल  फेला परेको हो ।

चराविद् हिरुलाल डङ्गौराले सो ठाउँमा तीन हजार ५६४ वटा पानी गौँथली अभिलेख भएको जानकारी दिए । मोहना नदीमा पहिल्यैदेखि पानी गौँथली बसोबास गर्दै आएको हुनसक्ने अनुमान गरिए पनि त्यहाँ  सो  चरा बस्ने गरेको गत वर्ष मात्रै पुष्टि भएको थियो । 

नेपालका अरू ठाउँमा हालसम्म यति धेरै सङ्ख्यामा पानी गौँथली अभिलेख भएका छैनन् । सन् १९९० अगाडि दुई हजारको सङ्ख्यामा  चितवनको मेघौलीमा यी चरा देखिएका थिए । 

त्यस्तै सन् २०१२ मा चितवनमा तीन हजार ४६७ पानी गौँथली फेला परेको चराको क्षेत्रमा काम गर्ने संस्था पन्छी संरक्षण सङ्घ (बीसीएन) को तथ्याङ्कमा उल्लेख छ । यसैगरी  सन् २०१५ मा कोसी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा देखिएका थिए । चरा संरक्षणकर्मी राम शाहीले बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौँथली चरा अभिलेख गरेका थिए । नेपालमा पहिलो पटक काठमाडौँ उपत्यकामा पानी गौँथली फेला परेका थिए । १९ औँ शताब्दीमा हडग्सन नामक व्यक्तिले  काठमाडौँमा  पानी गौँथली अभिलेख गरेका थिए ।

मोहना नदीमा फेला परेको पानी गौँथली नेपालमा हालसम्म भेटिएका मध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको डङ्गौराले उल्लेख गरे । उनले सोही  ठाउँमा गत वर्ष १० हजार ५५३ को सङ्ख्यामा पानी गौँथली अभिलेख गरेका थिए । ‘गत वर्षको तुलनामा यो वर्ष थोरै सङ्ख्यामा भेटिए पनि पानी गौँथलीको यो बगाल नेपालकै ठूलो हो’, उनले भने, ‘यति  धेरै  सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौँथली रेकर्ड गरिएको छैन ।’

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।