२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी गौँथलीको ठूलो बथान भेटियो



अ+ अ-

काठमाडौं । कैलालीको मोहना नदीमा पानी गौँथली चराको ठूलो बथान फेला परेको  छ । कैलारी गाउँपालिका–४ स्थित भितरियामा यस चराको ठूलो बगाल  फेला परेको हो ।

चराविद् हिरुलाल डङ्गौराले सो ठाउँमा तीन हजार ५६४ वटा पानी गौँथली अभिलेख भएको जानकारी दिए । मोहना नदीमा पहिल्यैदेखि पानी गौँथली बसोबास गर्दै आएको हुनसक्ने अनुमान गरिए पनि त्यहाँ  सो  चरा बस्ने गरेको गत वर्ष मात्रै पुष्टि भएको थियो । 

नेपालका अरू ठाउँमा हालसम्म यति धेरै सङ्ख्यामा पानी गौँथली अभिलेख भएका छैनन् । सन् १९९० अगाडि दुई हजारको सङ्ख्यामा  चितवनको मेघौलीमा यी चरा देखिएका थिए । 

त्यस्तै सन् २०१२ मा चितवनमा तीन हजार ४६७ पानी गौँथली फेला परेको चराको क्षेत्रमा काम गर्ने संस्था पन्छी संरक्षण सङ्घ (बीसीएन) को तथ्याङ्कमा उल्लेख छ । यसैगरी  सन् २०१५ मा कोसी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा देखिएका थिए । चरा संरक्षणकर्मी राम शाहीले बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौँथली चरा अभिलेख गरेका थिए । नेपालमा पहिलो पटक काठमाडौँ उपत्यकामा पानी गौँथली फेला परेका थिए । १९ औँ शताब्दीमा हडग्सन नामक व्यक्तिले  काठमाडौँमा  पानी गौँथली अभिलेख गरेका थिए ।

मोहना नदीमा फेला परेको पानी गौँथली नेपालमा हालसम्म भेटिएका मध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको डङ्गौराले उल्लेख गरे । उनले सोही  ठाउँमा गत वर्ष १० हजार ५५३ को सङ्ख्यामा पानी गौँथली अभिलेख गरेका थिए । ‘गत वर्षको तुलनामा यो वर्ष थोरै सङ्ख्यामा भेटिए पनि पानी गौँथलीको यो बगाल नेपालकै ठूलो हो’, उनले भने, ‘यति  धेरै  सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौँथली रेकर्ड गरिएको छैन ।’

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




भर्खरै