२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर अघि बढ्छौ : माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा गठबन्धनसँग तालमेल गरेर शक्ति विस्तार गरिने बताउनु भएको छ । काठमाडौंको मीनभवनमा केन्द्रीय कार्यालय भवन उद्घाटनपछि बोल्दै नेता नेपालले लोकतान्त्रीक बाम गठबन्धन आगामी निर्बाचन सम्म कायम रहेने र पार्टीको शक्ति बिस्तार गर्ने बताउनु भयो ।

नेता नेपालले आफ्नो पार्टी बोलेर होईन गरेर देखाउने भएको दाबी गर्दे  सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने  बताउनु भयो । उहाँले भन्नुभयो ' हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टी गर्नेछौं । हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौं ।’