२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर अघि बढ्छौ : माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा गठबन्धनसँग तालमेल गरेर शक्ति विस्तार गरिने बताउनु भएको छ । काठमाडौंको मीनभवनमा केन्द्रीय कार्यालय भवन उद्घाटनपछि बोल्दै नेता नेपालले लोकतान्त्रीक बाम गठबन्धन आगामी निर्बाचन सम्म कायम रहेने र पार्टीको शक्ति बिस्तार गर्ने बताउनु भयो ।

नेता नेपालले आफ्नो पार्टी बोलेर होईन गरेर देखाउने भएको दाबी गर्दे  सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने  बताउनु भयो । उहाँले भन्नुभयो ' हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टी गर्नेछौं । हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौं ।’