२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता
अ अ+ अ-

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल सञ्चालनमा अन्योलता देखिएको छ । सरकारले आजदेखि दशैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि यहाँ भने सञ्चालनमा आएका छैनन् । 

 सुपथ मूल्य पसल सञ्चालनका लागि पत्र नआउँदा कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुङ्गो नलागेको हो । विगत वर्षमा दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराइँदै आएको थियो ।  

सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पत्र नआएकोे साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यादेश आएको छैन, त्यसैले कार्यान्वयन गर्न सकिएको छैन ।” सुदूरपश्चिममा सुपथ मूल्य सञ्चालनका लागि खाद्य सामग्रीसमेत नआएको उहाँको भनाइ छ । कर्पोरेसनले विगत वर्षमा कैलालीको धनगढीस्थित अञ्चल कार्यालय, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको थियो । सुदूरको सबै ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न समस्या हुने कर्पोरेसनले जनाएको छ । 

“अनलाइन बिलिङका कारण धनगढी र अत्तरियाबाहेक अन्य स्थानमा पसल सञ्चालन गर्न समस्या छ”, पाण्डेले भन्नुभयो । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ गरेर मात्र सामग्री बिक्री गर्न अनुमति दिएकाले सबै ठाउँमा जनशक्ति र उपकरण अभावले पसल सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । “अनलाइन बिलिङको समस्या भएको ठाउँमा स्थानीय तहले सहकारीमार्फत सञ्चालन गर्न सक्छ, सामग्री हामीले पठाउँछौँ,  जिल्ला प्रशासनले सिफारिस गरेको हुनुपर्छ”, पाण्डेले भन्नुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि देशभर आगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।