२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुल्यो



अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुने पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ट्रकले च्यापिएर गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक शुक्रबार विहान पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा खसेको थियो ।

ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घाइते छन् । उनी रत्नहरि अस्पताल दमौलीमा उपचाररत छन् ।