२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएलः वेस्ट इन्डिजका विलियम्सले पोखरा राइनोजबाट खेल्ने



अ+ अ-

काठमाडौं । यही असोज दोस्रो सातादेखि काठमाडौंमा चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) सुरु हुँदैछ । 

जसका लागि वेस्ट इन्डिजका बलर केस्रिक विलियम्सले पोखरा राइनोजबाटै खेल्ने भएका छन् । 

पोखराले दोस्रो विदेशी खेलाडीको रूपमा विलियम्सलाई सार्वजनिक गरेको हो ।

विलियम्सलाई पोखराले गत वर्ष पनि टोलीमा अनुबन्ध गरेको थियो । यद्यपि कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित गरिएको थियो । 

उनले वेस्ट इन्डिजबाट ८ एकदिवसीय र २६ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । टि–२० अन्तर्राष्ट्रिय ४१ र एकदिवसीयमा ९ विकेट लिन सफल छन् । 

१०८ टि–२० खेलमा उनले १४० विकेट लिएका छन् ।

इपिएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । जसको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् ।