२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ः नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।

नेपाल र अमेरिकाबीचको खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

यसअघि नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । जसकारण नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ । 

सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार चौंथा जित हात पार्ने लक्ष्यमा हुनेछ । 

लिग २ को अंक तालिकामा ओमान १८ अंकसहित शीर्ष स्थानमा रहँदा अमेरिका १२ खेलमा ६ जितसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । नेपालले ४ खेलमा २ जित निकालेको छ ।