२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

केशरगञ्जबाट तीन फरार अभियुक्त पक्राउ



अ+ अ-

सर्लाही । ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम थापा तथा  ईश्वरपुर नगरपालिका–६, बयलबासका ३४ वर्षीय मझर अन्सारी रहेको बयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

तीन अभियुक्तमध्ये कार्कीविरुद्ध जिल्ला अदालत सर्लाहीले चार ठगी मुद्दामा रु ५४ लाख ३४ हजार ८५० र ३८ पैसा बिगो जरिवाना तोकेको छ । कार्की १४ वर्षअघि सुनसरीको एक सहकारीमा ठगी गरेर फरार भएका थिए । अर्का अभियुक्त थापाविरुद्ध दुई ठगी मुद्दा दर्ता भएका छन् । थापालाई अदालतले रु १६ लाख ३१ हजार ४५४ र ४४ पैसा बिगो जरिवानासहित एक वर्ष छ महिना कैद सजाय तोकेको थियो । 
    
त्यसैगरी वन मुद्दाका अभियुक्त अन्सारीविरुद्ध रु ८९ हजार ६३८ बिगो जरिवाना माग भएको छ । तीनै अभियुक्तलाई गाउँमा लुकेर बसिरहेका अवस्थामा पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो । (रासस)