१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केशरगञ्जबाट तीन फरार अभियुक्त पक्राउ



अ+ अ-

सर्लाही । ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम थापा तथा  ईश्वरपुर नगरपालिका–६, बयलबासका ३४ वर्षीय मझर अन्सारी रहेको बयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

तीन अभियुक्तमध्ये कार्कीविरुद्ध जिल्ला अदालत सर्लाहीले चार ठगी मुद्दामा रु ५४ लाख ३४ हजार ८५० र ३८ पैसा बिगो जरिवाना तोकेको छ । कार्की १४ वर्षअघि सुनसरीको एक सहकारीमा ठगी गरेर फरार भएका थिए । अर्का अभियुक्त थापाविरुद्ध दुई ठगी मुद्दा दर्ता भएका छन् । थापालाई अदालतले रु १६ लाख ३१ हजार ४५४ र ४४ पैसा बिगो जरिवानासहित एक वर्ष छ महिना कैद सजाय तोकेको थियो । 
    
त्यसैगरी वन मुद्दाका अभियुक्त अन्सारीविरुद्ध रु ८९ हजार ६३८ बिगो जरिवाना माग भएको छ । तीनै अभियुक्तलाई गाउँमा लुकेर बसिरहेका अवस्थामा पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो । (रासस)