२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बाहुबली’ भन्दा ठूलो बजेटमा फिल्म बनाउँदै अजय देवगन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अजय देवगनले  'बाहुबली' भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्ने भएका छन् । 

४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लाले उल्लेख गरेको छ ।  

सुपरहिट फिल्म ‘बाहुबली’ २ सय ५० करोडमा बनेको थियो ।  भिएफएक्सको ठूलो काम हुने यस फिल्मलाई लिएर अजय निकै उत्साहित छन् । तर फिल्मको फाइनल स्क्रिप्ट तयार भइसकेपछि उनको ड्रिम प्रोजेक्टको भविष्य थाहा हुने बताइएको छ । 

यद्यपि उनी अन्य फिल्महरुको काममा व्यस्त भएका कारण यो फिल्म बन्न धेरै समय लाग्ने बुझिएको छ । यस्तै फिल्मको बजेट अज बढ्न सक्ने पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।