२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बाहुबली’ भन्दा ठूलो बजेटमा फिल्म बनाउँदै अजय देवगन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अजय देवगनले  'बाहुबली' भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्ने भएका छन् । 

४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लाले उल्लेख गरेको छ ।  

सुपरहिट फिल्म ‘बाहुबली’ २ सय ५० करोडमा बनेको थियो ।  भिएफएक्सको ठूलो काम हुने यस फिल्मलाई लिएर अजय निकै उत्साहित छन् । तर फिल्मको फाइनल स्क्रिप्ट तयार भइसकेपछि उनको ड्रिम प्रोजेक्टको भविष्य थाहा हुने बताइएको छ । 

यद्यपि उनी अन्य फिल्महरुको काममा व्यस्त भएका कारण यो फिल्म बन्न धेरै समय लाग्ने बुझिएको छ । यस्तै फिल्मको बजेट अज बढ्न सक्ने पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।