१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिम्पियाद्वारा खेलाडी सम्मानित



अ+ अ-

काठमाडौं । जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो ।

भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो । त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । उनीहरुसहित टोलीका महत्वपूर्ण सदस्य स्विकार कुन्वर पनि सम्मानित भए ।

चारैलाई प्रशंसा पत्र, खेल पोशाक, ट्रयाकसुट र प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ती प्रदान गरियो । युवा नेता अखिल ९क्रान्तिकारी० का केन्द्रीय सदस्य दुधराज लामा, लिम्पियाका प्रिन्सिपल मदनराज रेग्मीलगायतले उनीहरुलाई सम्मान गरे ।

लिम्पियालाई उपाधि दिलाउन महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै लिम्पियाका हेड कोच सुनिल योञ्जन र इसीए इन्चार्ज राजकुमार दंगाललाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

केन्द्रीय सदस्य लामाले सम्मानले विद्यार्थीलाई पढाईका साथै अत्तिरिक्त क्रियाकलापमा लाग्न हौसला अभिबृद्धि गर्ने धारणा व्यक्त गरे ।प्रिन्सिपल रेग्मीले गुणस्तरीय शिक्षासंगसंगै विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि अत्तिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइरहेको बताउदै विद्यार्थी खेलाडीहरुको मनोबल उच्च पार्न पुरस्कृत गरिएको बताए ।