२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम फ्रेन्डसिप अन्तर विद्यालय/डोजाङ तेक्वान्दोको उपाधि बालाजुलाई



अ+ अ-

काठमाडौं । बालाजु तेक्वान्दो डोजाङले प्रथम फ्रेन्डसिप अन्तर विद्यालय-डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बालाजुले ८ स्वर्ण, १ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचाल्यो ।

फ्रेन्डसिप तेक्वान्दो डोजाङको आयोजनामा टोखामा भएको प्रतियोगितामा दोश्रो भएको नागर्जुन तेक्वान्दो डोजाङले ६ स्वर्ण, ७ रजत र १२ कांस्य जित्यो । ५ स्वर्ण, ७ रजत र ५ कांस्यसाथ आयोजक फ्रेन्डसिप ‘ए’ ले तेश्रो स्थानमा चित्त बुझायो । दुई टिम सहभागी आयोजकको ‘बी’ टिमले १ स्वर्ण, ३ रजत र ३ कांस्य हात पार्‍यो ।

प्रतियोगिताको पुरुषमा आयोजकका सोहन श्रेष्ठ तथा महिलामा मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । धर्मस्थलीले उदीयमान टिमको उपाधि जित्यो भने एपीएस स्कुल अनुशासित टिम ठहरियो ।

विजेतालाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, टोखा नगरपालिका वडा २ का अध्यक्ष दीपकराज जोशी, गजराज मेमोरियल ट्रष्टका अध्यक्ष मनीषराज जोशी, प्रतियोगिता संयोजक सानुबाबु महर्जन, आयोजक डोजाङका प्रमुख सुसन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय २० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।