१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम फ्रेन्डसिप अन्तर विद्यालय/डोजाङ तेक्वान्दोको उपाधि बालाजुलाई



अ+ अ-

काठमाडौं । बालाजु तेक्वान्दो डोजाङले प्रथम फ्रेन्डसिप अन्तर विद्यालय-डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बालाजुले ८ स्वर्ण, १ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचाल्यो ।

फ्रेन्डसिप तेक्वान्दो डोजाङको आयोजनामा टोखामा भएको प्रतियोगितामा दोश्रो भएको नागर्जुन तेक्वान्दो डोजाङले ६ स्वर्ण, ७ रजत र १२ कांस्य जित्यो । ५ स्वर्ण, ७ रजत र ५ कांस्यसाथ आयोजक फ्रेन्डसिप ‘ए’ ले तेश्रो स्थानमा चित्त बुझायो । दुई टिम सहभागी आयोजकको ‘बी’ टिमले १ स्वर्ण, ३ रजत र ३ कांस्य हात पार्‍यो ।

प्रतियोगिताको पुरुषमा आयोजकका सोहन श्रेष्ठ तथा महिलामा मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । धर्मस्थलीले उदीयमान टिमको उपाधि जित्यो भने एपीएस स्कुल अनुशासित टिम ठहरियो ।

विजेतालाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, टोखा नगरपालिका वडा २ का अध्यक्ष दीपकराज जोशी, गजराज मेमोरियल ट्रष्टका अध्यक्ष मनीषराज जोशी, प्रतियोगिता संयोजक सानुबाबु महर्जन, आयोजक डोजाङका प्रमुख सुसन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय २० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।