२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

रामेछाप । मन्थली नगरपालिका–१ भैंसेश्वर चोकबाट अन्दाजी २५ केजी तौल भएको संरक्षित वन्यजन्तु सालकको जस्तो देखिने खपेटा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा लिखुतामाकोशी गाउँपालिका(३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय ध्यान बहादुर तामाङ रहेका छन् । 

उक्त स्थानमा २ जना व्यक्तिहरुले बोरामा शंकास्पद चिजवस्तुहरु बोकी हिंडीरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई तलासी गर्दा बोराभित्र उक्त तौलको खपेटा फेला पारी पक्राउ गरेको हो ।   

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।