१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

रामेछाप । मन्थली नगरपालिका–१ भैंसेश्वर चोकबाट अन्दाजी २५ केजी तौल भएको संरक्षित वन्यजन्तु सालकको जस्तो देखिने खपेटा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा लिखुतामाकोशी गाउँपालिका(३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय ध्यान बहादुर तामाङ रहेका छन् । 

उक्त स्थानमा २ जना व्यक्तिहरुले बोरामा शंकास्पद चिजवस्तुहरु बोकी हिंडीरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई तलासी गर्दा बोराभित्र उक्त तौलको खपेटा फेला पारी पक्राउ गरेको हो ।   

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।