२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्सागुम्बा लुटपाटमा संलग्न ४ जना प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौं । यार्सागुम्बा लुटपाटमा संलग्न रहने ४ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका ६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका – ३ चौकीटोल बस्ने मकवानपुर सिमपानी नगरपालिका – ८ घर भएका ३० वर्षीय नवराज सुनुवार र सोही ठाउँ बस्ने २७ वर्षीय बुद्ध राज सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका – १३ चुनिखेल बस्ने नुवाकोट काउले घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनार रहेका छन् ।

हरि रावतको साथबाट यार्सागुम्बा लुटपाट भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी थालेको थियो । जसक्रममा लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बासमेत फेला पारेको छ । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।