१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्सागुम्बा लुटपाटमा संलग्न ४ जना प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौं । यार्सागुम्बा लुटपाटमा संलग्न रहने ४ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका ६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका – ३ चौकीटोल बस्ने मकवानपुर सिमपानी नगरपालिका – ८ घर भएका ३० वर्षीय नवराज सुनुवार र सोही ठाउँ बस्ने २७ वर्षीय बुद्ध राज सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका – १३ चुनिखेल बस्ने नुवाकोट काउले घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनार रहेका छन् ।

हरि रावतको साथबाट यार्सागुम्बा लुटपाट भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी थालेको थियो । जसक्रममा लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बासमेत फेला पारेको छ । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।