१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै, डडेल्धुरा विवादबारे छलफल गरिने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चुलिएको छ । उक्त विवादले पार्टीभित्र हलचल पैदा गरेको छ । 

उक्त विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।

संस्थापनइतर समूहले २५ गते गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको भन्दै त्यसलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई चेतावनी दिएको भोलिपल्ट अर्थात् आज (शुक्रबार) सभापति देउवाले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सभागी रहेका छन् ।