२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै, डडेल्धुरा विवादबारे छलफल गरिने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चुलिएको छ । उक्त विवादले पार्टीभित्र हलचल पैदा गरेको छ । 

उक्त विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।

संस्थापनइतर समूहले २५ गते गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको भन्दै त्यसलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई चेतावनी दिएको भोलिपल्ट अर्थात् आज (शुक्रबार) सभापति देउवाले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सभागी रहेका छन् ।