२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

नयाँ बसपार्कको फेरिएको स्वरुप र लोत्से मलको आर्कषण (फोटो फिचर)

नयाँ बसपार्कको फेरिएको स्वरुप र लोत्से मलको आर्कषण  (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । नयाँ बसपार्कको स्वरुप फेरिदै  गएको छ ।  काठमाडौ बाट लामो तथा छोटो दुरीका लागि बस आउने र जाने मात्र होईन पूर्ण रुपको व्यवसायीक भबन,सिनेमा घर,फुड कोर्ट,बालबालिका खेल्ने ठाउँ, बैक तथा बित्तिय संस्थाहरु सहितको लोत्से मल  सुभारम्भ भएपछि यस ठाउको स्वरुप फेरिएको हो । चिटिक्क परेको डिजिटल टिकट काउन्टर, सफा भोजनालय देखेपछि नयाँ बसपार्क पुगेका यात्रुहरुले सन्तुष्टि व्यक्त गरेको छन् ।

लोत्से बहुउद्देश्यीय प्रालिको रु एक अर्ब २५ करोडको लगानीमा निर्माण गरिएको लोत्से मलको शुृक्रबार  प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । 

सो अवसरमा अध्यक्ष कुँवरले अस्तव्यस्त रहेको नयाँ बसपार्कलाई व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन अव्यवस्थित टहरा हटाएर सुविधासम्पन्न मल निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले लिएको लक्ष्यअनुसार नयाँ बसपार्कलाई सभ्य र भव्य बसपार्क बनाउन लोत्से बहुउद्देश्यीय प्रालि लागेको छ ।” 

नयाँ बसपार्कलाई २४ सैँ घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको अध्यक्ष कुँवरको भनाइ छ । उहाँले देशको समृद्धिका लागि व्यवसायीलाई निर्धक्कसँग लगानी गर्नसमेत आग्रह गर्नुभयो । 

लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत भट्टराईले भूकम्प, नाकाबन्दी र कोरोनाका बीच पनि नयाँ बसपार्कमा अत्याधुनिक सुविधासम्पन्न लोत्से मल निर्माण हुनु खुशीको कुरा भएको बताउनुभयो । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले नयाँ बसपार्कभित्र हुने आपराधिक घटनाका विरुद्धमा प्रहरी कठोर भएर उभिने बताउनुभयो । कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला, कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जितबहादुर कटुवाल, लोत्से मलका व्यापारी रमेश गौतमलगायतले देशको सातै प्रदेश जोड्ने नयाँ बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

यस्तै, आजै नयाँ बसपार्कमा निर्माण गरिएको प्रविधिमैत्री टिकट काउण्टर र हाइजेनिक खाना तथा खाजा खाने ठाउँको समेत शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्र एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन देशभरका ६५ भन्दा बढी जिल्लाबाट आवतजावत गर्दै आएका छन् । 

काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो । झण्डै १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङसहित निर्माण गरिएको लोत्से मल आठ तले रहेको छ । 

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुराँ, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू बाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिनुभयो । 

यस्तै,  बैंक, वित्तीय संस्था, सहकारी, सैलुनलगायतका पसलसमेत मलभित्र सञ्चालनमा रहेका छन् । उक्त मलभित्र छवटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट रहेका छन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको छ । लोत्सेले हाल ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको महाप्रबन्धक कुँवरले बताउनुभयो । 

विसं २१०२ सम्म लोेत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क सञ्चालन गर्न पाउने गरी सम्झौता भएको छ । सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ । 

तस्वीरहरु- प्रशन्न मुलिक