२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बन्दै अभिनेत्री काजल !



अ+ अ-

एजेन्सी । सिंघम फेम अभिनेत्री काजल अग्रवाल अहिले आफ्नो ‘प्रेग्नेन्सी’लाई लिएर चर्चामा छिन् । मिडिया रिपोर्ट अनुसार काजल गर्भवती छिन् । 

गत वर्षको अक्टुबरमा उनले आफ्नो लामो समयसम्म सम्बन्धमा रहेका बोइफ्रेन्ड गौतम किचलुसँग बिहे गरेकी थिइन् । बिहेपछि दुवै साथमा छुट्टी मनाउन पनि भारतबाहिर निस्किएका थिए जसको तस्बिरहरु काजलले सामाजिक सञ्जालबाट सेयर गरेकी थिइन् । 

यद्यपि काजलले आफ्नो प्रेग्नेन्सीलाई लिएर कुनै प्रतिक्रिया भने दिएकी छैनन् । तर जसरी उनले फिल्मको सुटिङहरु रोकेकी छन् तब उनीबाट छिटै खुसीको खबर बाहिर आउने अड्कलबाजी गरिएको छ । उनले हाल कुनैपनि फिल्म साइन गरेकी छैनन् भने चालु सुटिङलाई समेत रोकेकी हुन् ।

‘अचार्या’ र ‘घोस्ट’ फिल्मका निर्माण टिमले उनको प्रेग्नेन्सीबारे जानकारी गराएको बताइएको छ । सामाजिक सञ्जालमा निकै सक्रिय रहने काजलले अहिले सामाजिक सञ्जालबाट टाढा रहेकी छन् ।