२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग– २ः अमेरिकाले टस जितेर नेपाललाई दियो ब्याटिङको निम्तो



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । 

अमेरिकाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झा टिममा राखिएको छ । राष्ट्रिय टिममा गुलशनको यसै खेलबाट डेब्यु समेत गर्दैछन् । 

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।