२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राफायल नाडालले जिते फ्रेन्च ओपन, सर्वाधिक २२ औं ग्रान्डस्लाम जितेर इतिहास रचे



राफायल नाडाल
अ+ अ-

स्पेनी टेनिस खेलाडी राफायल नाडालले पुरुष एकलतर्फको फ्रेन्च ओपन उपाधि जितेका छन् । रोलाँ ग्यारोसको क्ले कोर्टमा नाडालले विश्वका आठौं वरियताका नर्वेजियन खेलाडी क्यास्पर रुडलाई सोझो तीन सेटमा पराजित गरेका थिए ।

३६ वर्षीय नाडालले ६-३ ६-३ र ६-० ले खेल जित्दै जीवनमै २२ औं ग्रान्डस्लाम उपाधि उचालेका छन् । विश्वमै सबैभन्दा बढी ग्रान्डस्लाम उपाधि जित्ने उनी पहिलो खेलाडी पनि हुन् । नोभाक जोकोभिच र रोजर फेडररले समान २०-२० वटा ग्रान्ड स्लाम उपाधि जितेका छन् ।

Image

साथै नाडालले १४ औं पटक फ्रेन्च ओपनको उपाधि हात पारेका हुन् ।

रोलाँ ग्यारोसमा खेल हेर्न स्पेनी राजा फिलिपे छैटौं र नर्वेका राजकुमार हाकोन पनि उपस्थित थिए ।

शनिबार सम्पन्न महिला एकल उपाधि इगा स्वाइटेकले जितेकी थिइन् । उनले अमेरिकी खेलाडी कोको गफलाई पराजित गरेकी थिइन् ।

 

Iga Swiatek, trophée, vestiaires, Roland-Garros 2022
इगा स्वाइटेक