२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भेरोसेलको दोस्रो डोज असोज ४ गतेदेखि लगाइने



अ+ अ-

काठमाडौं । असोज ४ गतेदेखि काठमाडौं जिल्लामा चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयलका अनुसार यसअघि पहिलो डोज लगाएकाहरुले ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन पाउनेछन् । 

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइनेछ भने वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा गई खोप लगाउन सकिनेछ ।