१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म र मेरो धर्म



अ+ अ-

म सानो थिए अभिभाबकको 
कहिल्यै अवज्ञा गरिन

म स्कूल  पढ्दै थिए
कहिल्यै गुरुको बचन काटिन।

म सामाजिक बनिरहदा 
कहिल्यै असामाजिक बनिन

जब म तरुण  र परिवर्तनकामी वने
परिवर्तनका नियमहरु कुल्चिन मानिन।।

परिवर्तनको लागि दुःख र जेल जाँदा पनि
उद्दारको लागि कसै संग एक चिम्टी मागिन

संयोगवस कर्मले न्यायायाधीश पनि  भए 
कसैसंग पक्षपात गर्ने आट गर्ने गरिन।।।

म मेरो  धर्मभित्र  स्वाभिमान  र निष्पक्षको लागि
निर्भिक ,निडर र सत्यको आर्तनाद गरिरहदाँ 

सेवा ग्राहीबाट  केही त स्यावासी  पनि पाए
तर कही न कही आफ्नै वन्दूबाट टाढिए।।१।।