१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका सनदुन ललितपुरमा अनुबन्धित



अ+ अ-

काठमाडौं । ललितपुर प्याट्रियट्सले श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान सनदुन विराकोडीलाई टिममा अनुबन्ध गरेको छ । 

 साविक विजेता ललितपुर प्याट्रियट्सबाट उनले एभरेस्ट प्रिमियर लिग(इपिएल) टि–२० क्रिकेट खेल्ने भएका हुन् ।

ललितपुरले सामाजिक संजालमार्फत पाँचौं विदेशी खेलाडीका रूपमा बायाँ हाते ब्याट्सम्यान विराकोडीलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

यसअघि ललितपुरले श्रीलंकाका ओशाडा फर्नान्डो,अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई, भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लेकलाई टिममा भित्र्याइसकेको छ । 

६ फ्रेन्चाइज टोलीको सहभागिता रहने चौंथो संस्करणको इपिएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा ललितपुरले काठमाडौं किङ्स–११ सँग प्रतिस्पर्धा गर्नेछ । विजेताले ५० लाख पाउनेछ भने उपविजेताले १५ लाख पुरस्कार पाउनेछ ।