२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीबाट तामाङ र बोहरा मन्त्री बन्दै



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट  दुई जना मन्त्री नियुक्त हुने भएका छन् । 

मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङ  र माया तामाङ बोहरालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । 

मुख्यमन्त्री भट्टले  तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् ।

शुक्रबार साँझ नै उनीहरूलाई पद तथा गोपनीयताको सपथ लिने तयारी रहेको बताइएको छ । 

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।