२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक छः मन्त्री कार्की (भिडियोसहित)



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनु भएको छ । 

शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका मन्त्री कार्कीले एमसीसी मुलुकको बिकास र समृद्धिका लागी आवश्यक रहेको बताउनुभएको हो । उहाँले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसदबाट पास गराउनुपर्ने बताउनुभयो । 

उहाँले एमसीसी बिकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने उल्लेख गर्नुभयो । एमसीसी संसदबाट पास गराउनको लागि सबैबिच सहमतिको खाँचो रहेको उहाँले औल्याउनुभयो ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताउनुभयो । संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उहाँले केहि दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गर्नुभयो ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट स्थापना भएको कार्यालयले मानव – वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।