१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी भएका मोटरसाइकल सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण



अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । 

शुुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई  हस्तान्तरण गरेको हो । कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कूटर काठमाडौं उपत्यकाबाट फेला पारी सवारी धनीहरुलाई बुझाएको बताउनुभयो । उहाँले मनोबल उच्च बनाउनका लागि घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको पनि बताउनुभयो ।

प्रमुख एसएसपी भट्टराईले भन्नुभयो, ‘भेटिएका मोटरसाइकलहरु हस्तान्तरण गरेका छौँ र चोरसहित भेटिएका मोटरसाइकलहरुलाई कानूनि दायरामा ल्याउनुपर्ने भएको कारण मुद्दा दर्ता गरेका छौँ, हराउने क्रम घटाउनलाई जोडबल दिनुपर्छ, यसमा हामी हाम्रो तर्फबाट लागिरहेका नै हुन्छौँ, हराउन नदिनका लागि जनचेतनाका कार्यक्रम नै आयोजना गर्नुपर्छ कि जस्तो लाग्छ, आफ्नो सवारी हराउन नदिनलाई सवारी धनीको पनि रोल हुन्छ, त्यो रोलको बारेमा सवारी धनीलाई बुझाउनुपर्छ, अबको प्लान त्यतातिर छ ।’

प्रमुख भट्टराईले प्रहरी कर्मचारीहरुलार्य आफ्नो आचरण र व्यवहारमा शुद्धता ल्याउन र परिवर्तन गर्न उत्प्रेरित गराउनका लागि गरिएको कार्यक्रम भएको बताउनुभयो । उहाँले आर्थिक प्रलोभनमा पार्न खोज्नेहरुलाई कानूनि कारबाहीमा ल्याउनुपर्ने कुराको विकास गरिरहेको भन्दै यसले समाजमा एक किसिमको राम्रो सोचको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।