२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा नेकपा एसका दुई मन्त्रीद्वारा सपथग्रहण



अ+ अ-

कैलाली । सुदूर पश्चिम प्रदेश सरकारका नेकपा एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले शुक्रबार साँझ अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्री बाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजिनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गरेका हुन् ।