१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षाका कारण प्रभाबित किसानलाई क्षतिपूर्ति दिन प्रियंका गान्धीको आग्रह



अ+ अ-

एजेन्सी । उत्तर प्रदेश सरकारलाई राज्यमा भारी वर्षाका कारण बालीनाली परेको प्रभाबको लेखा राख्दै प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन काँग्रेस महासचिव प्रियंका गान्धीले शुक्रबार आग्रह गर्नुभएको छ । 

गान्धीले हिन्दी भाषामा गरेको ट्वीटमा भनिएको छ, “उत्तर प्रदेशमा भारी वर्षाका कारण धेरै ठाउँमा किसानको बालीनालीमा ठूलो क्षति पुगेको छ । स्वास्थ्य महामारीपछि आएको अर्को विपत्तिले गर्दा मन्दी र मुद्रास्फीतिको सामना गरिरहेका कृषकहरू चिन्तित बनेका छन् । म उत्तर प्रदेश सरकारलाई किसानहरूको क्षतिको मूल्यांकन गर्न र उचित क्षतिपूर्ति दिन अनुरोध गर्छु ।”

यसैबीच शुक्रबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारी वर्षाका कारण प्रभावित जनतालाई तत्काल राहत दिन राज्यका सबै जिल्ला मजिस्ट्रेटलाई निर्देशन दिनुभएको छ । कुनै पनि प्रकारको नोक्सानीमा कानूनी प्रावधान अनुसार दिन मिल्ने सहायता प्रदान गरिनेछ । 

मुख्यमन्त्रीले अधिकारीहरूलाई सबैै प्रकारको क्षतिको रिपोर्ट मुख्य मन्त्रीको कार्यालयमा पठाउन अधिकारीहरूलाई निर्देशन दिनुभयो । भारतीय मौसम विज्ञान विभागका अनुसार सेप्टेम्बर १७ मा उत्तर प्रदेशमा पृथक खालको भारी वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबारपछि भने मौसममा सुधार आउने अनुमान गरिएको छ । 

मुख्यमन्त्री योगी आदित्यनाथले यसअघि उत्तर प्रदेशको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण करिब १५ जिल्ला बाढीबाट प्रभावित भएको बताउनुभएको थियो । सरकारी तथ्याङ्क अनुसार घाघरा, राप्ती, बुढी राप्ती, कन्हर, रोहिणी र कुवानो नदीहरु खतराको तहभन्दा माथि बगिरहेका छन् । बाढीबाट प्रभावित १८ जिल्लामध्ये सिद्धार्थनगर, गोरखपुर, गोरखपुर, बलरामपुर, सन्त कबीरनगर, महाराजगन्ज, बस्ती, बाराबङ्की, खेरी, सीतापुर, बलिया, कुशीनगर, आजमगढ, बहराइच, अयोध्या, शाहजहाँपुर, माउ र गोन्डा रहेका छन् ।