२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीमा नेपालले दियो अमेरिकालाई १ सय ७५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई  १ सय ७५ रनको लक्ष्य दिएको छ ।

नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल तयार गरेको हो ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।