२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

आर्थिक विधेयकको इपानद्वारा स्वागत

आर्थिक विधेयकको इपानद्वारा स्वागत
अ अ+ अ-

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको प्रतिस्थापन विधेयकले ऊर्जा उद्यमीको माग सम्बोधन गरेको भन्दै खुशी व्यक्त गरेको छ ।

इपानले २०० मेगावाटभन्दा माथिका आयोजनालाई १५ वर्षसम्म शतप्रतिशत र बाँकी ६ वर्ष ५० प्रतिशत आयकर छुट दिने व्यवस्था, आयोजनाका लागि आवश्यक पर्ने उपकरणको आयात, प्लान्ट, मेशनिरी तथा औजारमा दिइएको छुटको पनि उच्च प्रशंसा गरेको छ । 

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार इपानले विगतदेखि उठाउँदै आएका धेरैजसो मागको सम्बोधन सरकारको तर्फबाट भएको भन्दै अर्थमन्त्री जनार्दन शर्मा र नेपाल सरकारलाई धन्यवाद दिएको छ ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य क्रमशः पूरा हुने चरणमा रहेको भन्दै देशभित्रै बिजुलीको खपत बढाउन र त्यसका लागि अपनाइएका अनेकन उपायप्रति समेत धन्यवाद दिएको छ ।

तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशत बढी स्वदेशी कच्च पदार्थ उपयोग गर्ने उद्योगलाई २०८० सालसम्म लगानीको स्रोत नखोजिने व्यवस्थाले पनि उद्योगीलाई सहज भएको इपानले ठहर गरेको छ ।

मुलुकको कूल जडित क्षमतामध्ये ४४.५ प्रतिशत अर्थात् ८१४ मेगावाट निजी क्षेत्रले उत्पादन गरिरहेको छ । निर्माणमा रहेका कूल तीन हजार ५०६ मेगावाट, अध्ययन सम्पन्न गरेर विद्युत् खरिद बिक्री सम्झौताको पखाईमा रहेका आठ हजार १७२ मेगावाट र सर्वेक्षण अनुमति लिएर अध्ययनका विभिन्न चरणमा रहेका १५ हजार ५१४ मेगावाट बराबरका आयोजना रहेको इपानले जानकारी दिएको छ ।

अनुमतिपत्र लिएकामध्ये करिब ७० प्रतिशत अनुमतिपत्र कार्य प्रगतिको विभिन्न चरणमा रहेका छन् । यो तथ्याङ्कका आधारमा लगानीमैत्री वातावरण निर्माण भएकाले सरकारको लक्ष्य पूरा हुने इपानको ठहर छ ।