३० भाद्र २०८३, मंगलवार
,
Latest
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा एमसीसी सम्झौता अनुमोदनको पक्षमा: महन्थ ठाकुर



अ+ अ-

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताउनुभएको छ । आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताउनुभएको हो । उहाँले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको बताउनभयो ।

अध्यक्ष ठाकुरले सो अनुदानले नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘सरकारले संसदमा प्रस्तुत गरेको अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा छु । अमेरिकाले नेपाललाई सात दशकदेखि विकास सझेदारको रुपमा नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको छ । राष्ट्रिय हित र राष्ट्रिय संरक्षणको हरेक क्षेत्रमा सडक, सञ्चार, शिक्षा, स्वास्थ्य  र कृषि गरी प्रत्येक क्षेत्रमा अमेरिकाको केही न कही सहयोग देखिन्छ । अहिले वर्तमान सहयोग आएको छ । जुन अनुदानको रुपमा छ ।

जसमा विशेष गरेर गरिबी निवारणको विषय तोकिएको छ । अनुदानको उद्देश्य नेपाललाई आर्थिक वृद्धि र गरिबीलाई कम गर्ने र सर्वसाधरण जनताको जीवन स्तर सुधार गर्ने राम्रो लक्ष्य लिएर अनुदानको रुपमा आएको छ । खर्च हुने कुरामा प्रश्न गरिएको छ । त्यो पनि निर्धारण गरिएको छ । त्यो नेपाल सरकारद्वारा नै निर्धारण गरिएको  हो । यसबाट आउने सहयोग विद्युत र सडक निर्माण तथा सडक मर्मत सम्भारमा खर्च हुने छ । आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने हो । यो सहयोग त्यसै आएको होइन । नेपालले अनुदान पाउन मापदण्ड पुरा गरेकाले पाएको हो ।’

अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पुरा गरेकाले मात्रै अनुदान पाएको बताउनुभयो । उहाँले आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने उल्लेख गर्नुभयो ।