३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत बृद्धि, विजुलीको महशुल पनि बढ्यो



पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ
अ+ अ-

इस्लामाबादः पाकिस्तानमा खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मुल्यबृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानको तेल तथा ग्यास नियमन प्राधिकरणले ग्यासको मुल्यबृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।

प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी (एसएसजीसी)को ग्यासको मूल्यमा ४५ प्रतिशतसम्म बृद्धि गर्दा अहिले विक्री मूल्य पाकिस्तानी रूपैया एक हजार ७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ तय गरिएको मूल्य जुलाई १ देखि लागू हुने पनि प्राधिकरणले जनाएको छ ।

त्यसैगरी विद्युत महशुलमा पनि बृद्धि गरिएको छ । विद्युत प्राधिकरणले प्रति युनिट विद्युतमा ७.९१ प्रतिशत बृद्धि गरिएको जनाएको छ ।

दैनिक उपभोग्य ग्यास र विजुलीको मूल्य बढेकोप्रति आम नागरिकले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले दैनिक उपभोग्य पदार्थको मूल्य बृद्धि गर्दा आम नागरिकको दैनिक जीवनमा नै नकारात्मक असर परेको भन्दै मूल्य बृद्धि फिर्ता लिन माग पनि गरेका छन् । एएनआई