६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमसिसीका नाममा अनेक दाउपेच’



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीलगायतका विषयलाई जोडेर सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका छन् ।

काठमाडौंको मीनभवनस्थित आलोकनगरमा शुक्रबार पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन् ।

सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन् । विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन् । कुनै पनि भ्रममा नपरी अघि बढ्न म आग्रह गर्दछु ।’ उनले सत्ता गठबन्धन भत्काउने दाउपेच सफल नहुने दाबी गरे ।

अध्यक्ष नेपालले अब संसद्मा पार्टीको भूमिका स्वाभाविक रुपमा सत्ता पक्षको हुने बताए । नेकपा एस सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा भएकाले सरकार सञ्चालनमा सहयोगी भूमिका हुने उनको भनाइ थियो । ‘हामी सत्ता गठबन्धनसँग सहकार्य गरेर अघि बढ्नेछौं । हामीले संघीय सरकारसँगै प्रदेश सरकामा पनि सहभागी भएर, सहकार्य गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौं,’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरू तल्लो तहसम्म पनि सहकार्यको संस्कृति लिएर जाने बताए। उनले सत्ता गठबन्धनविरुद्ध फैलाइएका भ्रम चिर्दै र लगाइएका आरोपको सशक्त खण्डन गर्दै अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले ५ गते केन्द्रीय समितिको बैठक डाकिएको र उक्त बैठकपछि सम्भवतः आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए । उनले प्रदेश १ र वाग्मती प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेको जानकारी पनि दिए । उनले जुनसुकै बेला पनि ती प्रदेशमा नयाँ सरकार गठन हुने बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।