२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमसिसीका नाममा अनेक दाउपेच’



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीलगायतका विषयलाई जोडेर सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका छन् ।

काठमाडौंको मीनभवनस्थित आलोकनगरमा शुक्रबार पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन् ।

सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन् । विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन् । कुनै पनि भ्रममा नपरी अघि बढ्न म आग्रह गर्दछु ।’ उनले सत्ता गठबन्धन भत्काउने दाउपेच सफल नहुने दाबी गरे ।

अध्यक्ष नेपालले अब संसद्मा पार्टीको भूमिका स्वाभाविक रुपमा सत्ता पक्षको हुने बताए । नेकपा एस सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा भएकाले सरकार सञ्चालनमा सहयोगी भूमिका हुने उनको भनाइ थियो । ‘हामी सत्ता गठबन्धनसँग सहकार्य गरेर अघि बढ्नेछौं । हामीले संघीय सरकारसँगै प्रदेश सरकामा पनि सहभागी भएर, सहकार्य गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौं,’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरू तल्लो तहसम्म पनि सहकार्यको संस्कृति लिएर जाने बताए। उनले सत्ता गठबन्धनविरुद्ध फैलाइएका भ्रम चिर्दै र लगाइएका आरोपको सशक्त खण्डन गर्दै अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले ५ गते केन्द्रीय समितिको बैठक डाकिएको र उक्त बैठकपछि सम्भवतः आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए । उनले प्रदेश १ र वाग्मती प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेको जानकारी पनि दिए । उनले जुनसुकै बेला पनि ती प्रदेशमा नयाँ सरकार गठन हुने बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।