२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

गणेशमानको त्यो प्रण, २५औँ स्मृति दिवस

गणेशमानको त्यो प्रण, २५औँ स्मृति दिवस
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५औँ स्मृति दिवस । उहाँको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो । तात्कालिन सरकारले उहाँको निधनमा तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । 

यसअघि तात्कालिन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा शोक मनाउने घोषणा गरेको थिएन । यो घोषणा नै पहिलो थियो । जनआन्दोलन पश्चात तात्कालिन राजा बीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई आश्विकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएपछि उहाँलाई  लौहपुरुषको उपाधी दिइएको थियो । जनआन्दोलन पछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन राजा बीरेन्द्र आग्रह हुँदा सिंहले अस्वीकार गर्नुभएको हो । सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो । 

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोेलाई लौह पुरुष र त्यागी नेताका रुपमा चिनिन्छ । राणा शासनको अन्त्यका लागि ज्यानको वाजी लगाएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानवअधिकारका पक्षमा लड्नु भयो । उहाले कही कसैसंग संझौता गर्नुभएन । आजीवन कारावास सजाय भोगी रहेका सिंहले राणाकालमा ६०१ कोर्रा लगाउँदा समेत माफी माग्नु भएन बरु जेल तोडेर भाग्नुभयो । 

प्रजातन्त्रको लडाईमा सिंगो जीवन अर्पण गरेका सिंहले २०४६ सालको अन्दोलनको नेतृत्व गर्नुभयो । आन्दोलन सफल भएपछि प्रधानमन्त्री वन्न राजाले गरेको आग्रह अस्वीकार गरी त्यागको उच्चतम नमुना समेत बन्नुभयो । जीवनकालमा एक पटक २०१२ सालमा पार्टी सभापतिका लागि प्रतिपर्धा गर्नुभयो । पराजित भएपछि फेरी कहिल्यै उम्मेद्वारी दिनुभएन ।

नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर सिंह काठमाडौँको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउन राजनीतिमा होमिनु भएको थियो । उहाँ तत्कालीन ‘’राणा हटाऊ’’ आन्दोलनका एक नायक हुनुहुन्थ्यो । 

भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गर्नुभएको थियो । 

संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहनुभयो । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोग्नुभयो । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध सक्रिय रहनुभयो ।

२०१५ मा सम्पन्न मुलुकको पहिलो संसदीय निर्वाचनमा काठमाण्डौं क्षेत्र नं १ बाट विजयी भएका सिंह त्यसपछि कहिल्यै चुनाव उठ्नु भएन । त्यो चुनावमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाललाई झिनो मत अन्तरमा हराएर उहाँ विजयी हुनुभयो । त्यही बेला देखी उहाँले फेरी कुनै पनि चुनावमा प्रतिष्पर्धा नगर्ने प्रतिज्ञा गर्नुभएको थियो ।

त्यो निर्वाचनमा नेपाली कांग्रेसले कुल १०९ मध्ये ७४ सिटका साथ दुई तिहाईको जीत हासिल गरेको थियो । बीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा गणेशमान सिंह यातायात मन्त्री हुनु भयो । तिनै ताकाको कुरा हो । नेपाली कांग्रेस भक्तपुरका दर्जन नेता सिंहलाई सगुन सहित बधाई दिन भनेर उहाँको चाक्सिवारी स्थित निवासमै पुगेका थिए ।

बधाई दिन जाने टोलीका एक सदस्य हुनुहुन्थ्यो, नेपाली कांग्रेसका पुराना नेता तिलक प्रकाश कायस्थ । त्यो दिन सगुन दिन जाँदाको अनुभव नेता कायस्थले न्यूज एजेन्सी नेपाललाई यसरी सुनाउनुभयो ।

‘‘गणेशमानजी मन्त्री भएपछिको कुरा हो । भक्तपुरसंग ज्यादै नजिकको सम्वन्ध भएको नाताले हामी पन्ध्र सोह्र जना साथीहरु सगुन दिन भनेर उहाँको चाक्सिवारी स्थित घरमै गएका थियौं । त्यही बेला उहाँले भन्नु भएको थियो । ह्या तपाईहरु पनि के को वधाई र सगुनको कुरा गर्नु हुन्छ । मैले जितेको भनेर तपाईहरुले यो सगुन दिन ल्याउनु भएको होला । प्राविधिक रुपमा जितेको भएपनि बास्तवमा म त हारेको व्यक्ति हु । १८ हजार भोट मेरो विरोधमा खसेको छ । मैले १२ हजार मत मात्र पाए । म आफूलाई जितेको भनू की हारेको । प्रकृयागत रुपमा जिते पनि बास्तविक रुपमा म हारेकै हो । त्यसपछि गणेशमानजीले काठमाडौंवासीलाई नराम्रो संग गाली गर्नुभयो ।

उहाँको भनाई थियो ‘‘यी दास भैरहेका उपत्यकावासीलाई उद्दार गर्नु पर्छ भनेर मैले ज्यानको वाजी लगाए । कहिल्यै चैनसंग वस्न पाइन । राणा शासन फाल्न ज्यानको वाजी लगाए । राणाहरुले उहिल्यै मार्न खोजेका हुन् । बालबाल बचे । मेरो त्यो त्याग काठमाडौंबासीले चिनेको यही हो । मेरो भोट चाँही मलाई १२ हजार आयो । अस्ति मेरो सिन्दुर जात्रा गर्दा लाखौं मानिस । यस्ता पनि जनता हुन्छन् । जसलाई दासतावाट मुक्त गरेर मानिस बनाउन मैले लडे, उनीहरुले नै मेरो मूल्याङकन गर्न सकेनन् । हिजो मलाई मत नदिने । अहिले जिते पछि मेरो हाई हाई । लड्दा वाई वाई । यो स्थिती भएकाले मैले जितेको होइन ।’’

त्यही बेला गणेशमानजीले भन्नु भएको थियो ‘‘हेर्नुस् म आईन्दा कुनै चुनाब पनि लड्दिन र कुनै सरकारी पदमा पनि जान्न ।’’ कायस्थले सम्झिनु भयो ‘‘त्यसै बेला उहाँले प्रण गर्नु भएको थियो ।’’

त्यसपछि गणेशमानजीसंग पटक पटक भेट त भयो तर यसरी खुलेर कुरा गर्ने बातावरण पाइएन । जननिर्वाचित सरकारले राम्रै काम गरि रहेको थियो । राजा महेन्द्रले २०१७ पुष १ गते संसदीय प्रजातन्त्र माथि कु गरे । बीपीसंगै गणेशमानजीलाई ८ वर्ष सुन्दरीजल वन्दीगृहमा राखियो ।

आठ वर्षसम्म उहाँ भारत प्रवासमा रहनु भयो । प्रजातन्त्र वहालीका लागि संघर्ष गर्नुभयो । गणेशमानजीकै नेतृत्वमा २०४६ सालमा भएको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य ग¥यो । त्यो बेला अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजाबाट भएको आग्रह उहाँले अस्वीकार गरिदिनु भयो । प्रजातन्त्रका लागि जीवनभर त्याग गरेका नेताले मुखमैमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्नु चानचुने त्याग थिएन । तत्क्षण उहाँले गर्दै कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो ।

२०१५ पछि पार्टीको कुनै पदमा चुनाव लड्नु भएन र २०४८ र २०५१ को आम निर्वाचनमा समेत उम्मेद्ववार नै हुनु भएन ।

पछि २०४६ सालमा राजाले तपाई नै प्रधानमन्त्री भएर चलाउनु प¥यो भनेर प्रस्ताव गर्दा पनि मान्नु भएन । नेपाली कांग्रेसले त भन्ने नै भए । कम्युनिष्टहरुले पनि भनेका थिए गणेशमानजी अव तपाई नेपाली कांग्रेसको मात्र नेता होइन, नेपालको नेता हो, हामी सबैको नेता हो । तपाईले देशको प्रधानमन्त्री भएर जानु पर्छ ।

गणेशमानजीलाई सर्वमान्य नेता कांग्रेसले भनेको पनि होइन, पहिला सहाना प्रधानले प्रस्ताव गर्नु भयो । मनमोहन अधिकारीले समर्थन गर्नु भयो । यसरी उहाँ सर्वमान्य नेता हुनु भएको हो ।

यसरी राजा, कांग्रेस र कम्युनिष्टले समेत तपाई प्रधानमन्त्री भैदिनु प¥यो भन्दा समेत नाई मेरो स्वास्थ्यले साथ दिदैन भनेर इन्कार गर्नुभयो र किसुनजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो ।

गणेशमानजीले प्रधानमन्त्री पद छोड्ने निर्णय तत्काल गर्नु भएको होइन, त्यो प्रण उहाँले २०१६ सालमै गरि सक्नु भएको थियो ।