२ भाद्र २०८३, मंगलवार
,
Latest
टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्य–सचिव घिसिङ र सब्रिनाबीच भेट



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंक लाल घिसिङ र चार पटक ओलम्पिकमा सहभागिता जनाइ सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटघाट भएको छ । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् ।

सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

सदस्य–सचिव घिसिङले सब्रिना र उनको भ्रमण दलमा रहेका अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) का मिडिया डाइरेक्टर निकोलसलाई मायाको चिनो प्रदान गरे । सब्रिना पनि आईजेएफको कमिटीमा आबद्ध छिन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले सगरमाथा सफलतापूर्वक आरोहण गरेकोमा सब्रिनालाई बधाइ दिदै सब्रिनाले खेलाडीले खेल्नुका साथै अन्य चुनौतीपूर्ण कार्य पनि गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको धारणा व्यक्त गरे । सब्रिनाले आफ्नो यात्राका बारेमा सदस्य–सचिव घिसिङलाई जानकारी गराइन् ।

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गरेकी थिइन् । त्यहाँदेखी बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरेकी थिइन् ।

त्यो यात्रामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगर र अर्का साइक्लिस्ट हर्कबहादुर तामाङले सब्रिनालाई सहयोग गरेका थिए । सदस्य–सचिव घिसिङले उनीहरुलाई पनि मायाको चिनो प्रदान गरे ।

सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी छन् । विश्व च्याम्पियनसिपमा २ कांस्य सब्रिनाको नाममा छ । युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा २ पटक आफ्नो स्पर्धामा च्याम्पियन नै भइन् ।

सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् । सब्रिना जुन ८ तारिखमा स्वदेश फर्किदै छिन् ।