२५ भाद्र २०८३, बिहीबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुको छालासहित चार जना पक्राउ



अ+ अ-

सुर्खेत । सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा तथा दैलेखको ठाटीकाँध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो । 

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–७ स्थित एक होटलबाट संरक्षित वन्यजन्तुको सूचीमा रहेका हाबे्रलगायतको छालासहित चारै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई डिभिजन वन कार्यालयलाई बुझाएको छ ।