२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसको कार्यक्रममा जसपाले भाग नलिने



अ+ अ-

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी  (जसपा) नेपाल यस वर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ ।

शनिबार अध्यक्ष उपेन्द्र यादवद्वारा जारी गरिएको विज्ञप्तीमा संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने उल्लेख गरेका छन् ।

‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ विज्ञप्तीमा अध्यक्ष यादवले भनेका छन् ।