२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

‘सत्ताधारी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, चुनावपछि कता हराउँछन्, कता बिलाउँछन्’

‘सत्ताधारी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, चुनावपछि कता हराउँछन्, कता बिलाउँछन्’
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खरबौँ रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको बताउनुभएको छ । 

शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अरबौँको खेल गरेको बताउनुभयो । सरकारले सेटिङमा अरबौँ रुपयाँ तलमाथि पर्नेगरी करको दर हेरफेर गरेको उहाँले बताउनुभयो । आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उहाँले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अरबौंको मात्र होइन खरबौँको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो ?सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरुलाई, तपाईहरुलाई भन्न चाहान्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्व्च्छताको प्रतिक संगठन बन्नुपर्छ ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गर्नुभयो । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन थरथर काम्दै डराउँदै । चुनाव प्रतिगमन हुन्छ त के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा ? अब १४ महिना पछि चुनाव त गर्नुपर्छ । के देश अनिवार्य रुपमा प्रतिगमनमा जानेभयो त चुनाव गर्दा । जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो ? संविधान मिचिएको हो त ? कस्तो शासन खोजेका छन् यि तानाशाहहरुले ? तर चुनाव गराउन यिनीहरु बाध्य छन् । 

तपाईहरुलाई दुःख कष्ट यस विचमा दिन सक्छन् । धेरै चिन्ता नगर्नुस् । चौध महिनामा चुनाव हुन्छ । पन्ध्र महिनामा सरकार बन्छ । यि कता हराउँछन् । कता बिलाउँछन् । यि फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफै परेको आइस् होइन यो । फ्रिजमा बनाइएका आइस हुन् । यि डल्ला बाहिर राखिदिएपछि एकछिन पछि पग्लिहाल्छन् । त्यसकारण धेरै चिन्ता गर्नुपर्दैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिनुभयो । जुन पार्टीको सरकार भएपनि कर्मचारीहरुले आफ्नो कर्तव्य, नियम, कानूनको परिधि भित्र रहेर सक्रियताका साथ भुमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘हाम्रो काम देशको सेवा गर्ने हो । जनताको सेवा गर्ने हो । कर्तव्यनिष्ठ भएर सेवा गर्ने हो । त्यसकारण कुन सरकार छ भन्ने कुरा होइन, आफ्नो कर्तव्य नियम, कानून बमोजिम, नियम, कानूनको परिधि भित्र रहेर आफ्नो कर्तव्य जुनसुकै सरकार आओस् तपाईहरुले सक्रियताका साथ निर्वाह गर्नुपर्छ । सरकारलाई असहयोग गर्ने होइन । सरकारलाई असहयोग गर्ने भनेको काम नगर्ने हो । 

काम नगर्ने भनेको देश विकासलाई अझ पछाडी पार्ने हो । यो बुद्धि त कांग्रेस र माओवादी केन्द्रको जस्तो भएन ? यस्तो बुद्धिका पछाडी लाग्नु हुदैनँ । हामी राष्ट्रसेवक हुँ । तपाईहरुले कुनै पार्टीको सदस्य भएर सेवा प्रवाह गर्ने होइन । उसले प्राप्त गर्ने सेवा उसको अधिकारको कुरा हो । त्यो सेवा उसलाई उपलब्ध गराउनु तपाईहरुको कर्तव्य हो ।’

कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पु¥याउनुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले कर्मचारी भ्रष्टाचारको विरोधी र स्वच्छताको प्रतिक हुनुपर्ने पनि बताउनुभयो ।