२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित



अ+ अ-

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत पहिलो खेलमा नेपालले फिलिपिन्ससँग हार ब्यहोरेको छ ।

शनिबार उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल जित निकाल्न चुक्यो ।

खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले हेड मार्फत गोल गरेकी थिइन् ।

विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । 

नेपालले खेलको ९० अ‍ौं र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल खाएको थियो ।

यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ । 

उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ । समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ ।