२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ वर्षपछि अन्तरिक्षमा दुर्लभ दृश्य देखिने, सीधा रेखामा ५ ग्रह देखिने



अ+ अ-

वासिंटन । विश्वभरका अन्तरिक्ष प्रेमीहरूको लागि ठूलो खबर छ। यो साता अन्तरिक्षमा दुर्लभ दृश्य देखिने भएको छ । रातको अँध्यारोमा अन्तरिक्षमा सीधा रेखामा ५ ग्रहहरू देखिनेछन्।

यी ग्रहहरू हुन्– बुध, शुक्र, मंगल, बृहस्पति र शनि। यी सबै ग्रहहरू शुक्रबार, जुन ३ को बिहानबाट एक सीधा रेखामा आउनेछन्। यो दुर्लभ दृश्य अन्तिम पटक डिसेम्बर २००४ मा देखिएको थियो। यति मात्र होइन यो वर्ष बुध र शनिको दूरी पनि निकै कम हुनेछ ।

स्काई एन्ड टेलिस्कोपका अनुसार यो दुर्लभ दृश्यको मजा लिन चाहनेहरूलाई दूरबीन चाहिन्छ। बुध ग्रह खोज्न तिनीहरूले क्षितिजको पूर्वतिर हेर्नुपर्छ।

स्पेस म्यागजिनका अनुसार जुन महिना अगाडि बढ्दै जाँदा बुध ग्रह उज्यालो हुँदै जान्छ, जसले पहिचान गर्न सजिलो हुनेछ। विज्ञहरूका अनुसार बाँकी ग्रहहरू दूरबीन बिना नै लगातार देख्न सकिन्छ।

विज्ञहरूका अनुसार यो दुर्लभ ५ ग्रहहरूको संयोजनको साक्षी हुने सबैभन्दा राम्रो समय सूर्योदय हुनुभन्दा ३० मिनेट अघि हो। यो आकाशीय दृश्य हेर्नका लागि विश्वमा निकै उत्साह छ ।

यो दृश्य सारा संसारमा देखिने छ । त्यसैले हेर्न कतै जानु पर्दैन। उत्तरी गोलार्धमा मानिसहरूले यी ग्रहहरूलाई पूर्वदेखि दक्षिण–पूर्वी क्षितिजसम्म देख्न सक्छन्। जबकि दक्षिणी गोलार्धमा रहेका मानिसहरूले पूर्वदेखि उत्तरपूर्वसम्म देख्न सक्छन्।

तर यो दुर्लभ दृश्य हेर्नका लागि एउटा मात्र शर्त छ, त्यो हो आकाश सफा हुनुपर्छ । यो दृश्य जुन महिनाभर देखिने छ । त्यसैले कुनै दिन नदेखेमा चिन्ता लिनु पर्दैन ।

यो रमणीय उत्सवमा चन्द्रमा पनि सामेल हुने भएको छ । यी ५ ग्रहबाहेक २४ जुनमा शुक्र र मंगलको बीचमा चन्द्रमा पनि देखिनेछ । यो विशेष दृश्य सूर्योदय भन्दा १ घन्टा अगावै राम्रोसँग हेर्न सकिन्छ।

यदि तपाईंले यी ५ वटा ग्रह सँगै हेर्न छुटाउनु भयो भने फेरि सन् २०४० सम्म कुर्नुपर्नेछ । एजेन्सीको सहयोगमा