२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

हुथी नेताको हत्यामा सम्लग्न भएको आरोपमा नौ जनालाई मृत्युदण्ड

हुथी नेताको हत्यामा सम्लग्न भएको आरोपमा नौ जनालाई मृत्युदण्ड
अ अ+ अ-

एजेन्सी । साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले शनिबार नौ जनालाई मृत्युदण्ड दिएको बताएको छ ।

हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अल–सामदको तीन बर्ष पहिले भएको मृत्यु सानालाई नियन्त्रण गरेको इरान समर्थित विद्रोहीहरूका लागि ठूलो प्रहारको रूपमा लिइएको थियो ।

विद्रोही समर्थक साबा न्यूज एजेन्सीले ती नौ जनालाई यमनको राजधानी सानाको एक चोकमा गोली प्रहार गरी मृत्युदण्ड दिइएको जनाएको छ । उनीहरू हुथी समूहको एक अदालतले हुथी नेता सामदको हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर भएका १६ जनामध्ये हुन् । 

हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य सात जनालाई पनि उहाँहरूको अनुपस्थितिमा नै अदालतले मुद्दा चलाएको थियो । उहाँहरूलाई पनि हुथी अदालतले मृत्युदण्डको सजाय सुनाएको साबा न्यूजले उल्लेख गरेको छ । 

साबा न्यूजले भनेको छ, “आम अभियोक्ताले समादको हत्यामा संलग्न नौ जनालाई मृत्युदण्ड दिएकोे छ । उनीहरूलाई वरिष्ठ हुथी नेताहरू र सानाका बासिन्दाहरूको उपस्थितिमा तहरिर चोकमा गोली हानी हत्या गरिएको छ ।” 

अप्रिल २०१८ मा यमेनको पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य छ जनाको मृत्यु भएको थियो । साउदी अरबले उक्त हवाई हमला गरेको पुष्टि गरेको थियो । “रोयल एयर फोर्सका नायकहरूले हुथी सशस्त्र लडाकूका नेता तथा कमाण्डर सलेह अल–समादलाई लक्षित गरी गरिएको हवाई आक्रमण सही निशाना परेको छ,” संयुक्त राज्य अमेरिकाका लागि साउदी अरबका तत्कालिन राजदूत राजकुमार खालिद बिन सलमानले आक्रमणपछि गरेको ट्वीटमा भनिएको छ । 

सामदले साउदी अरबविरुद्ध क्षेप्यास्त्र हमलाको लहरको धम्की दिएपछि राजकुमार खालेदले आक्रमणको निरीक्षण आफ्ना दाजुसमेत रहेका साउदी राजकुमारले गरेको बताए । हुथी समूहले गरिब देश यमनमा पूर्ण नियन्त्रणका लागि साउदी समर्थित यमनी सरकार र रियादको नेतृत्वमा भएको सैन्य गठबन्धनसँग सन् २०१४ देखि लडिरहेका छ ।

हुथीहरूले यमनी राजधानी सानालाई कब्जा गरेपछि साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ देखि यमनी हुथीलाई लक्षित गरी आक्रमण थालेको थियो । त्यसबेलादेखि हजारौं मानिसहरू मारिएका छन् र लाखौं मानिसहरू संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट भनी वर्णन गरेको भोकमरीको सँघारमै पुगेका छन् ।

साउदी नेतृत्वको गठबन्धनले देशमा हस्तक्षेप गरेपश्चात् मारिएका समाद सबैभन्दा वरिष्ठ हुथी नेता थिए । आफ्नो नेताको मृत्युको बदला लिने वाचा गरेका हुथीहरूले नियमित रूपमा साउदी अरबमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने गरेका छन् ।

यस वर्षको अगस्त महिनामा तिनीहरूले ड्रोन प्रयोग गरेर सीमापारीको साउदी अरबको भूमिमाथि आक्रमणलाई बढाएको थियो ।