१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्छ : कोइराला



file
अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा अरुण तेस्रो फर्केर जाँदा देश अन्धकारमा गएकोतर्फ ध्यान दिई पूर्वप्रधानमन्त्रीहरुबीच छलफल गरी यो विकासको योजनामा सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले साथीभाइसँग सल्लाह गरेर मात्र आफूले केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्ने बताउनुभयो । उहाँले भर्खरै वडा अधिवेशन सुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि अध्यक्षको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने प्रष्ट पार्नुभयो । 

उहाँले गठबन्धन दलका नेताले दुई प्रदेशमा मुख्यमन्त्री हाम्रो हुनुपर्छ भन्नु गैरजिम्मेवारी हो भन्दै प्रदेश नं १ वा बागमतीमध्ये एक प्रदेशमा मुख्यमन्त्री हाम्रो पार्टीको हुनुपर्छ भन्नुभयो । “वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानुपर्छ तर चुनावी तालमेलमा जानु हुँदैन”, उहाँले भन्नुभयो ।